जेष्ठ नागरिकहरुको घरमै निशूल्क स्वास्थ्य जाँच



धनकुटा ।  जेष्ठ नागरिकहरुको घर दैलो नि :शूल्क स्वास्थ्य जाँच कार्यक्रम अन्र्तगत गएको आर्थिक वर्षमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाका ३ सय भन्दा धेरै जेष्ठ नागरिकहरुले घर मै स्वास्थ्य सेवा पाएकाछन् ।

गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख सुन्दरमान डंगोलका अनुसार यो कार्यक्रम अन्र्तगत त्यस गाउँपालिकाका ३ सय १९ जनाले सेवा पाएका हुन् । वर्षमा दुई पटक सचालन गरिने यो कार्यक्रमवाट ८० वर्षमाथिका उल्लेखित संख्याका जेष्ठनागरिकहरुले सेवा लिएको उहाँले वताउनुभयो ।

यो कार्यक्रम मार्फत उच्च रक्तचाप, मुटु, किड्नी, ज्वरो लगायत अन्य विभिन्न स्वास्थ्य समस्याको जाँच गर्नेगरिएको छ । यो कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिकहरुको घरघरमै पुगी स्वास्थ्य जाँच गर्ने गरेकाछन् । यसरी घर मै यस्तो सेवा पाएपछि त्यहाँका जेष्ठ नागरिकहरुपनि खुशीछन् ।

यो कार्यक्रमले आर्थिक वर्ष २०७६/७७ मा पनि निरन्तरता पाउने उहाँले जानकारी गराउनुभयो । यो कार्यक्रम स्थानिय तह सञ्चालनमा आएदेखी मात्र शूरु भएको हो ।

सम्बन्धित समाचार