मकालुकी गर्भवति महिलालाई हेलिकप्टरबाट उद्धार



खाँदबारी । संखुवासभाको मकालु गाउँपालिका ३ कि गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्याधिक रक्तश्राव भएपछि नुम प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी रक्षा पन्तको विहिबार हेलिकप्टरबाट उद्धार गरिएको हो ।

विहिबार विहान ४ बजे नुम प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी पन्तलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकप्टरबाट निशुल्क उद्धार गरिएको हो । ३४ हप्ताको गर्भ रहेको पन्तलाई स्त्रीरोग गृह थापाथलिमा रिफर गरिएको मकालु स्वास्थ्य शाखा प्रमुख छिङ दोर्ची लामाले जानकारी दिए ।

लामाका अनुसार चेकजाँच गर्दा गर्भमा रहेको बच्चा जिवित नरहेको र सुत्केरी हुनु अगाडि अत्याधिक रक्तश्राव भएपछि काठमाडौं लगिएको हो । हाल पन्तको उमेर १६ बर्ष मात्र पुगेको नुम प्राथमिक स्वास्थ्य चौकीले जनाएको छ ।

सम्बन्धित समाचार