भोजपुरमा भएको घुस काण्डपछि कर्मचारीलाई मुख्यमन्त्री राईको यस्तो निर्देशन



विराटनगर । प्रदेश १ सरकारले पछिल्लो समय विवादमा मुछिने क्रम बढेको भन्दै कर्मचारीप्रति असन्तुष्टि व्यक्त गरेको छ ।प्रदेशको वन मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका सडक, सिञ्चाई, खानेपानी र यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुसँग प्रदेश सरकार असन्तुष्ट बनेको हो ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईको निर्देशनमा यी कार्यालयका प्रमुखलाई विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएरै सोमबार प्रदेश सरकारले असन्तुष्टि पोखेको छ । राईले कार्यालय प्रमुखहरुलाई विशेष निर्देशन पनि दिए ।यसलाई गलत गर्ने कर्मचारीप्रति मुख्यमन्त्री राई आक्रामक रुपमा प्रस्तुत भएर कठोर बन्न थालेको रुपमा लिइएको छ । जिम्मेवार रुपमा मुलुक अघि बढिरहेका बेला कर्मचारी भने कमिसन माग्ने, भ्रष्टाचार गर्ने, घुस खाने र जनताको काममा ढिलासुस्ती गर्ने जस्ता गतिविधी र विवादमा मुछिने गरेको भन्दै उनले आपत्ति जनाए ।

जनताप्रति जिम्मेवार र उत्तरदायी नबनेर कर्मचारीले समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको अभियान विरोधी गतिविधि गरिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

सम्बन्धित समाचार