महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा धरौटीमा छुटेलगत्तै पक्राउ



काठमाडौं ।  उपत्यकमा महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ परेका रामेछापका  सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ। बुधबार तीन लाख धरौटी बुझाएर छुटेका कार्कीलाई लगतै प्रहरीले उनलाई फेरि पक्राउ परेको छ । महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जनाकारी दिए।

उनलाई बधुबार छाड्न आदेश दिएर रिहा भएलगत्तै पक्राउ गरिएको सुवेदीले जानकारी दिए। उनलाई अब जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्धा चलाइने छ।   १२ असारमा पक्राउ परेका कार्कीमाथि महिलामाथि अपमाजनक व्यवहारको मुद्दा चलाइएको थियो।  महिलामाथि यसरी आक्रमण हुँदा काठमाडौं उपत्यकामा सिरिज आक्रमणको त्रास फैलिएको थियो।

सम्बन्धित समाचार