नेपालमै पहिलो पटक नेपाली सेनोले प्याग्लाइडिङको तालिम लिए



धरान । शाहसिक खेलको अत्यन्तै सम्भावना बोकेको नेपाललाई शाहसिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले नेपालमै पहिलो पटक नेपाली सेनोले प्याग्लाइडिङको तालिम लिएका छन् ।

सेनाले एसिएन प्याराग्लाइडिङ एकेडेमीको सहकार्यमा आगामी भ्रमण बर्ष २०२० मा आउने पर्यटकहरुलाई प्याराग्लाइडिङ उडानका लागि नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश दिन पनि सेना तालिममा सहभागी भएको नेपाली सेनाले जनाएको छ ।

१५ दिन अगाडिदेखि उदयपुरको बेलका नगरपालिकामा भएको प्रशिक्षणसंगै अन्य साहसिक खेललाई समेत संगै लिएर जानका लागि सम्बन्धित शाहसिक खेलका संघ संस्थासंग सहकार्य गरेर अगाडि बढ्ने योजना नेपाली सेनाले अगाडि बढाएको छ ।

१५ दिन अगाडि उदयुरको बेलका नगरपालिकामा एसिएन प्याराग्लाडिङ, नेपाल हेण्ड्सग्लाइडिङ एण्ड प्याराग्लाइडिङ संघले र २५ जना नेपाली सेनालाई बेसिक कोर्षको तालिम सम्पन्न गरेको छ । २५ जना मध्ये प्रशिक्षणमा ५ जना महिलाको समेत सहभागी रहेको छ । आठौ राष्ट्रिय खेल प्रतियोगितामा प्याग्लाइडिङमा सहभागिता जनाए पनि सेनाको आफ्नै उत्पादन भने थिएन । आफ्नो टिम उत्पादनसंगै भ्रमण बर्ष २०२० लाई लक्षित गरी सेनाले पहिलो पटक तालिम लिएको नेपाली सेनाका प्रमुख सेनानी अर्जुन बस्नेतले बताउनुभयो । तालिममा आफै सहभागी हुनु भएका उहाले नेपाली सेनाले प्याराग्लाइडिङ खेलको खेलाडी तयार भए संगै भ्रमण बर्ष २०२० मा आउने पाहुनाहरुलाई प्याग्लाइडिङका लागि सुरक्षित आकाश छ भन्ने कुरालाई विश्वमा प्रचार गर्ने उद्देश्य रहेको बताउनुभयो ।

यता प्रशिक्षणहरुले पनि नेपाली सेनाले लगनशिलतका साथ तालिममा सहभागी भएर दक्ष बनेको बताएका छन् । नेपाल हेण्डसग्लाइडिङ एण्ड प्यारा ग्लाइडिङ संघ तथा प्रशिक्षक देशकुमार जिमीले तालिम सफतापूर्वक सम्पन्न भएको बताउनुभया ।

पछिल्लो पटक पूर्वको धनकुटा, सुनसरीको धरान र उदयपुरको बेलका नगरपालिकामा शाहसिक खेलको सम्भावना बढेर गएसंगै यसमा थप बल पु¥याउन नेपाली सेना लागि परेको हो । यद्यपि स्थानीय सरकारले पछिल्लो समय आर्थिक सम्बृद्धिको आधार पर्यटनलाई मान्दै आएको छ । बेलका नगरपालिकाले समेत आर्थिक सम्बृद्धिको आधारमा कृषि, पशुपालत, पर्यटन, सामाजिक विकास र पूर्वाधारलाई अगाडि बढाएको छ । यसमा पनि पर्यटनलाई सबै भन्दा बढी फोकस गरिएको बेलका नगरपालकाका प्रमुख दुर्गा थापा स्वास्तीले बताउनुभयो । सप्तकोशीको छेउमा रहेका यो नगरपालिका सुनसरीको बराहा नगरपालकासंग सहकार्य गरेर यस्ता साहसिक खेल प्याग्लाइडिङको विद्यालय स्थापना गरेर शाहसिक पर्यटन भित्र्याउने मुख्य लक्ष्य नगरपालिकाले लिएका उहाले बताउनुभयो ।

नेपाल शाहसिक खेल प्याग्लाइडिङमात्र हैन साइकिलिङ, ¥याफिटङ, बन्जी जम्प जस्ता खेलहरुका लागि पनि प्रसस्त सम्भावना भएकोले पनि पछिल्लो समय सबै पक्ष जुटेर साहसिक खेलका प्रवद्र्धनमा लागेको देखिएको छ । यस्ता खेलमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सके नेपालले भ्रमणबर्ष २०२० मा सोचे भन्दा धरै पर्यटक भित्र्याउन सक्ने पर्यटनविद्हरुको समेत बुझाई छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..