होलीमा जथाभावी लोला हान्नेलाई कारबाही गरिने




सङ्खुवासभा, फागुन १५ गते । आउँदै गरेको होली पर्वको दिन कसैको ईच्छा विपरित लोला हान्ने तथा रङ दल्ने कार्य नगर्न, नगराउन जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले अनुरोध गरेको छ । कसैले कसैको ईच्छा विपरित त्यस्तो कार्य गरे कारबाही हुने प्रहरीले जनाएको छ ।

त्यस्तै मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र होहल्ला नगर्न अनुरोध गरेको छ । यस्तो कार्यले सामाजिक संरचनामाम खलल आउने र अशान्ति फैलीने भन्दै जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले स्थानीय सञ्चार माध्ययमहरुबाट यस्तो आव्हान गरेको हो । यदि कसैले सो अनुरोधको बेवास्ता गरे कानुन बमोजिम कारबाही हुने जिल्ला प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिनुभयो । कसैले आफ्नो ईच्छा विपरित लोला हान्ने वा रङ दल्ने कार्य गरे १०० मा तत्काल सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार