भोजपुरमा एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी शंकास्पद वस्तु समेत फेला



भोजपुर।  भोजपुर नगरपालिका १२ वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिकाको वडा नम्वर ५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्जाभेटरमा (डोजर) अज्ञात समुहले आगजनी गरेको छ । मंगलबार राती अज्ञात समुहले निर्माण स्थलमा राखिएको पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाको एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  त्यस्तै प्रहरीले सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेको जनाएको छ । सो स्थानलाई अहिले सुरक्षा दिएर राखिएको छ । नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ ।

सो स्थानको पिखुला खोलामा प्रदेश सरकारको ६ करोड ५३ लाख लागतमा करिव एक हप्ता अगाडी पुल निर्माणको काम शुरु भएको थियो । अज्ञात समुहको खोजी भईरहेको प्रहरीले जनाएको छ । अन्य क्षति विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार