भोजपुरमा भाईरल ज्वरोले विद्यार्थीको मृत्यू



दिङ्ला । भोजपुरको षडानन्द नगरपालिकामा भाईरल ज्वरोको कारण एक विद्यार्थीको मृत्यू भएको छ । भाईरल ज्वरोको प्रकोप बढेपछि अरुण माध्यमिक विद्यालयमा अध्ययनरत ईशा गुरुङको मृत्यू भएको हो ।

विद्यार्थीहरुमा भाईरल ज्वरोको प्रकोप बढेपछि पठन पाठन बन्द गरिएको छ । ६० प्रतिशत भन्दा बढी विद्यार्थीहरुमा भाईरल ज्वरो देखिएपछि चार दिनसम्मको लागि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुमा ज्वरोको समस्या बढ्दै गएपछि हिजो (मंगलबार) बाट चार दिनको लागि बन्द गरिएको हो ।

अन्य छिमेकि विद्यालयहरुमा पनि ज्वरो देखा पर्न थालेपछि दुई दिनसम्म विदा दिईइको स्थानीय गणेश भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार