बालकृष्ण आचार्यलाई पेडामा विष मिसाए खुवाएको तथ्य फेला कसले खुवायाेत विष



काठमाडौं । आचार्य बालकृष्णलाई उहाँनिकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ ।

केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो ।

कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिसाएको पेडा खान दिएको खुलेको छ ।

आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी नेपाल फर्किनुभएका पतञ्जली योगपीठ नेपालका ट्रस्टी ई. शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्र्र्ने प्रक्रिया अघि बढिरहेको बताउनुभयो ।

पेडामा विष मिसाएर खुवाएको करिब ५ मिनेटपछि छटपटिनुभएका आचार्य बालकृष्णलाई बाबा रामदेव र कर्मचारीले नजिकैको भूमानन्द अस्पतालमा भर्ना गरेका थिए ।

उक्त अस्पतालमा उपचार सम्भव नभएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो। करिब दुई दिनसम्म उपचार गरी निवास फर्किनुभएका आचार्य बालकृष्णको स्वास्थ्य अवस्था सामान्य रहेको सिंहले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार