विद्यालय प्रशासन र अभिभावक बीच भनाभन् विद्यालयबाट विद्यार्थी निकालिए



काठमाडौं । भारतमा रहने नेपालीहरु विभेद शिकार भइरहेका हुन्छन्। यस्तै विभेदको शिकार दुई नेपाली बालबालिका भएका छन् । भारतीय सञ्चार माध्यम न्युज एट्टिनका अनुसार घटना मध्य प्रदेश राज्यको धार जिल्लाको हो । यहाँको एक विद्यालयमा अध्ययन गर्ने दुई नेपाली विद्यार्थीलाई विद्यालय प्रशासनले निकालिदिएको हो।

धार जिल्लाको एमिनेन्ट पब्लिक स्कूलले कक्षा ८ मा अध्ययनरत अवनिशा खड्का र ५ मा अध्ययनरत अनुष्का खड्कालाई विद्यालय प्रशासनले निकालेको हो । उनीहरु सो विद्यालयमा नर्सरी देखि अध्ययनरत थिए। त्यहाँ उनीहरुलाई नेपाली भनेर हेप्ने गरिएको बताइ एको छ। त्यहाँका विद्यार्थी तथा शिक्षकहरुले पनि नेपाली भनेर हेपेको समाचारमा जनाइएको छ।

यसरी बालबालिका माथि दिनहुँ विभेद भएपछि उनीहरुका अभिभावक विद्यालयमा पुगेका थिए। विद्यालय प्रशासन र अभिभावक बीच भनाभन् भएको र त्यसपछि विद्यार्थीलाई विद्यालयबाट निकालिएको जनाइएको छ। त्यसपछि दुई बाल बालिकाले न्याय माग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्। उनीहरुले प्रधानमन्त्रीलाई पत्र लेखेपछि यो विषय चर्चित भएको छ।

विद्यालय प्रशासनका अधिकारीहरुले भने ती विद्यार्थीका अभिभावकले अभद्र व्यवहार गरेको जनाएका छन्। उनीहरुले विद्यार्थीलाई पुनः भर्ना गर्न नसकिने बताएको पनि न्यूज एट्टिनले जनाएको छ ।

सम्बन्धित समाचार