खेमराज गुरुङले निधन हुनु भन्दा अघि हस्पिटलबाट बुवाले छोरालाई यसो भनेका रहेछन्



स्व। खेमराज गुरुङका छोरा सालिन र सुभम अहिले ठूला भइसकेका छन् । वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनकामना बोलको गीतले खेमराजलाई निकै ठूलो उचाईमा पुर्याएको थियो । तर उनले त्यो उचाईका बिचमै यो संसारलाई छोडेर गए । ठूलो छोरा सुभमले बाबुले गाएको त्यो जमुना गीत जस्ताको त्यस्तै गाउँछन् । बाबुको निधन हुँदा सालिन निकै सानो थिए । सुभमलाई भने बाबाको याद निकै आउँछ । उनी अलि ठूलो थिए ।

सुभम बुवाको निकै धेरै याद आयो भने बाबाले नै गाएको गीत गाएर बस्ने गरेको बताउँछन् । खेमराजको देहान्त हुँदा सानो छोरा सालिन ७ वर्षको मात्र थिए । आफ्नो बाबालाई अन्तिम पटक भेट्न नपाएकोमा भने ठूलो छोरा सुभमलाई निकै पछुतो लागेको छ । खेमराज बिरामी भएर अस्पताल भर्ना हुँदा पनि छोराहरुलाई भनिएको थिएन । त्यसैले उनीहरुले बुवालाई के भएको हो भन्ने थाहा पाएनन् । बाबुको निधनको खबर पनि उनीहरुले सामाजिक सञ्जालबाट नै थाहा पाए । पढाई विग्रन्छ भनेर परिवारका सदस्यले बुवा बिरामी भएको कुरा नसुनाएको हुन सक्ने सुभमले बताए । उनी पनि आफ्नो बाबा जत्तिर्क राम्रो गीत गाउँछन् ।

ठूलो छोरालाई बुवाको अन्तिम अवस्थामा भेट गर्न नपाएको कुराले अहिले पनि पछुतो लाग्छ । तीन चार महिना अस्पताल बसाईमा रहेको बुवाको बारेमा थाहा नपाउँदा अन्तिम पटक बुवाले के भन्नुभएको थियो भन्ने कुरा पनि छोराहरुलाई थाहा छैन । एकैपटक बुवाको अन्तिम यात्रामा पशुपतिमा सहभागी हुँन जाँदा आफुलाई सम्हाल्न नसकेको ठूलो छोराले बताए ।

सम्बन्धित समाचार