प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले आचारसंहिता संशोधन गरेर कडा प्रावधानहरु ल्याउदै,



धरान । सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा कमेन्ट गर्ने र भ्रम छर्ने कार्यले पत्रकारिता क्षेत्रसमेत विवादमा तानिन थालेपछि नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले आचारसंहिता संशोधन गरेर कडा प्रावधानहरु ल्याएको छ ।

पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार र थप उत्तरदायी बनाउन आगामी असोज ६ गतेदेखि लागुहुने गरी सरोकारवालाहरुको भेलाले आचारसंहितालाई अन्तिम रुप दिइएको काउन्सिलका कार्यवाहक अध्यक्ष किसोर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार अब पत्रकारिता पेशामा पटकपटक गल्ती गर्नेहरु पनि बैँकिङ क्षेत्रमा झैं अबदेखि कालोसूचीमा पर्नेछन् । ‘सामाजिक सन्जालमा जथाभावी लेख्ने,कमेन्ट र लाइक गर्ने सञ्चारकर्मीहरुसमेत आचारसंहिता उल्लंघनअन्तर्गत कार्वाहीको दायरामा आउनेछन्,’कार्यवाहक अध्यक्ष श्रेष्ठले फेसबुक पोष्टमार्फत जानकारी दिदै भनेका छन्,’सूचिकृत नभएका, अपुस्ट, अतिरन्जित, भ्रामक सामग्री सम्प्रेषण गर्ने विद्युतीय सञ्चारमाध्यमहरुको प्रशारण निश्चित अबधि तोकेर रोक्न सकिनेछ ।’

पत्रकारको लागि कडा प्रावधानहरु राखिएको आचारसंहिता प्रेस काउन्सिलको स्वर्ण जयन्तीको अवसरमा असोज ६ गते राष्ट्रपतिबाट सार्वजनिक गरिनेछ । नयाँ प्रविधिसँगै थुप्रै चुनौती, विकृति तथा समस्याहरु पनि सृर्जना भएपछि काउन्सिल र पत्रकार महासंघ आचारसंहिता संशोधन गर्नुपर्ने अवस्थामा पुगेको हो । पछिल्लो समय आम सर्वसाधारणहरुले युट्युबर, ब्लगरलाई समेत पत्रकार भनेर बुझ्न थालेका छन् भने उनीहरुको मनगढन्ते प्रस्तुती र लेखाईलाई पनि समाचार भन्ने गरेका छन् । ती सामग्रीहरुले समाजमा भ्रम तथा अफवाह फैलाउने र त्यसको तारो आम पत्रकारहरु पर्ने गरेका छन् ।

सम्बन्धित समाचार