रवि लामिछानेविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता



कञ्चनपुर । टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता भएको छ। रविका विरुद्ध अदालतको मानहानी गरेको आरोप लगाउँदै कञ्चनपुरको निर्मला पन्तको बलात्कार तथा हत्या अभियोगमा मुछिएका दिलीप विष्टका दाइ खड्क विष्टले मुद्दा दर्ता गरेका हुन्।

विष्टले लामिछाने, टिभी च्यानल न्यूज २४ र निर्मला बलात्कार र हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायव उपरीक्षक अंगुर जिसिविरुद्ध निवेदन दर्ता भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

न्यूज २४ टेलिभिजनमा सञ्चालन हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका बेला बर्खास्त प्रहरी नायव उपरीक्षक जिसीको अन्तर्वार्ता लिएर अदालतको मानहानी गरेको आरोप लगाउँदै निवेदन दर्ता भएको अवस्थीले बताए। दर्ता गरिएको निवेदन सोमबार न्यायाधीशसमक्ष पेश गरिने उनले बताए। त्यसपछि अन्य प्रकिया अगाडि बढ्ने अवस्थीको भनाइ छ।

लामिछाने पछिल्लो समय पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पाँच लाख धरौटी बुझाएर रिहा भएका व्यक्ति हुन्। उनी ११ दिन चितवनको प्रहरी हिरासतमा रहेर अदालतको आदेशअनुसार ५ लाख धरौटी बुजाएर रिहा भएका हुन्। यसैबीच उनीविरुद्ध कञ्चनपुरको अदालतमा मुद्दा परेको छ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..