श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते



मोरङ । मोरङको लेटाङ नगरपालिका ४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते भएका छन् । शुक्रबार साँझ ५ बजेको समयमा ५१ वर्षीया मगमाँया राईले घरायसी विवाद हुँदा आफ्नै श्रीमान ५१ वर्षीय सुन बहादुर राईलाई खुकुरीले हात र खुट्टामा काटी घाइते बनाएकी हुन् । घाईते सुन बहादुरको स्थानिय मेडिकलमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने मनमाँयालाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार