जंगली च्याउ खाँदा ४ जना घाईते



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सानथाक्रामा जंगली च्याउ खाँदा ४ जना घाईते भएका छन । शुक्रबार बिहान साढे ८ बजेको समयमा घर नजिक रहेको उत्तिसको रुखमा रहेको जंगली च्याउ खाई ५५ वर्षीय पुर्ण बहादुर कामी, उनको श्रीमती ५३ वर्षीय दिलमाँया कामी, छोरा १८ वर्षीय तेज बहादुर कामी र सोही गाउँपालिका ४ बस्ने १७ वर्षीय पुर्ण बहादुर लिम्बु बिरामी परेका हुन् । उनिहरु सबैजनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित समाचार