घर नजिकै रहेको पोखरीमा डुब्दा ४ बर्षीय बालकको मृत्यु



संखुवासभा । संखुवासभा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने बिर बहादुर कुमाल को ४ बर्षीय छोरा बिमल कुमालको पोखरीमा डुबेर मृत्यु भएको छ । हिजो राती पौने ८ बजे घर नजिकै रहेको कोशी कोरीडोरको पानी जमाउन खनेको सानो पोखरी छेउमा खेल्ने क्रममा सोहि पोखरीमा पर्दा डुबेर बालकको मृत्यु भएको हाे ।

बर्षीय बालकको मृत्यु भए पछि आफन्तले जिल्ला प्रहरी कार्यालय संखुवासभा जानकारी गराएका थिए । अहिले कानुनी प्रक्रिया भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार