रुखले किचेर पैदल यात्रीको मृत्यु



मोरङ  ।कानेपोखरी गाउँपालिका ७ आईतबारेकी ५१ बर्षीया पार्वता भट्टराईको रुखले किचेर मृत्यु भएको छ ।

बिहिबार सवा ४ बजे कानेपोखरीबाट रमाईलोतर्फ गईरहेको अवस्थामा कानेपोखरी चोकदेखि ५ सय मिटर दक्षिणमा रुख लडेर उनलाई किचेको थियो । एक्कासी आएको हावाहुरीले रुख ढल्दा उनलाई किचेको थियो । घाईते अवस्थामा उद्दार गरी उनलाई पथरी अस्पतालमा उपचारको लागि पुर्याइएको थियो । उपचारको क्रममा नै पौने ५ बजे भटराईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सम्बन्धित समाचार