धादिङको दरिगांल खोलामा डुबेर दुई युवा बेपत्ता स्थानीयले लगाए स्काभेटरमा आगो



धादिङ । धादिङको दरिगांल खोलामा डुबेर दुई युवा बेपत्ता भएका छन् ।

शनिबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएका सुमन स्याङ्तान र भीम घलाङ खोलामा डुबेर बेपत्ता भएका हुन् ।

उनीहरूसँगै नुहाउन गएका अरु दुईजनाले भने पौडेर ज्यान जोगाएका छन् ।

घटना पश्चाल स्थानियले दुईवटा स्काभेटरमा आगो लगाइदिएका छन् ।

खोलामा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको भन्दै आक्रोशित स्थानीयबासीले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगो लगाइदिएका छन् ।

सम्बन्धित समाचार