खोलाले बगाएर एक महिलाको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ। सोही गाउँपालिका ४ की ४७ वर्षीया सीता भट्टराईको खोलाले बगाएर मृत्यु भएको हो।

शनिवार दिउँसो साँढे ४ बजे छिमेकीको घरमा घिऊ पुर्‍याउन गएकी भट्टराई बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा बाटोमा रहेको नागदेवा खोलाको किनारामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। उनको शव बाटोभन्दा करिव २०० मिटर तल भेटिएको थियो।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली गई कानुनी प्रक्रियापश्चात अन्य थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

सम्बन्धित समाचार