त्रिवि शिक्षण अस्पताल परिसरमा आगलागी



काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सोमबार साँझ आगलागी भएको छ । अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ।

सेन्टरको पाँचौँ तल्लामा हेको अस्पताल प्रमुख तथा विभागीय प्रमुखहरुको कोठामा बेलुका साढे ७ बजेतिर एक्कासि आगलागी भएको हो । आगलागी नियन्त्रणमा आइसकेको छ।  पाँचौं तल्लामा लागेको आगोले अस्पतालको मेट्रोनको कार्यकक्ष र अन्य केही विभागहरुको कक्षमा क्षति पुगेको महानगरीय प्रहरी वृत्त महारागञ्जका डिएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए। आगलागीका बावजुत विरामी, चिकित्सक र स्वास्थ्यकर्मी सुरक्षित रहेका प्रहरीले जनाएको छ।

आगो नेपाली सेना, प्रहरी तथा वारूण यन्त्र परिचालन गरी नियन्त्रणमा लिइएको छ ।  डिएसपी प्रसाईंका अनुसार आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र, नेपाल प्रहरी र नेपाली सेनाका दमकल शिक्षण अस्पतालमा पुगेका थिए।  विद्युत् चुहावट हुँदा आगलागी भएको अनुमान प्रहरीले गरेको छ । आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका छन्।

सम्बन्धित समाचार