फोनिज प्रदेश एकको पहिलो अधिवेशन सुरु




गाईघाट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को पहिलो प्रदेश अधिवेसन सुरु भएको छ । अधिवेसन उदयपुरको राजाबासमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको हो ।

अधिवेसनमा प्रदेश १ का १४ वटै जिल्लाका डेढ सय बढी प्रतिनिधी र पर्यबेक्षेकहरुको उपस्थिती रहेको छ । अधिवेसनमा संघिय कार्य समितिका अध्यक्ष डण्ड गुरुङ लगायतका पदाधिकारीहरुको सहभागीता छ । दुई दिनसम्म चल्ने अधिवेसनको खुल्ला सत्र सकिए लगत्तै बन्दसत्र पनि आजै सुरु हुने आयोजकले जनाएको छ । अधिवेसनले प्रदेश कार्य समिति चयन गर्नेछ ।

सम्बन्धित समाचार