शैक्षिक संस्थाहरुलाई उपलब्ध गराएको ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण



काठमाडौं । भारतको स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ। बिहीबार काठमाडौँमा रहेको भारतीय दुतावासले बिबिध कार्यक्रम गरी ७३ औँ स्वतन्त्रता दिवस मनाएको हो।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारत सरकारले नेपालका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई उपलब्ध गराएको ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरे ।

साथै राजदूत पुरीले भारतीय सेनामा कार्यरत रहँदा बीरगति प्राप्त गरेका सैनिकका परिवारलाई आर्थिक सहायता रकम हस्तान्तरण गरे। भारत सरकारले ३ परिवार लाई वीर नारी, ५ जना एकल महिला र ६ जना दिवंगत सैनिकका परिवारलाई ५ करोड ३१ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको छ।

यस्तै दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक सहयोग पनि उपलब्ध गराएको छ।

सम्बन्धित समाचार