चैनपुरमा अवैध मदिरा नष्ट



बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले सदरमुकाम चैनपुरमा बरामद गरेको २२ सय ९५ लिटर अवैध मदिरा नष्ट गरेको छ ।

प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमको नेतृत्वमा खटिएको टोलीले चैनपुर बजारका दौलीचौर गल्ली, भोटे गल्लीका विभिन्न पसल तथा होटलमा छापा मार्दा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ २ हजार ६० लिटर र घरेलु मदिरा २ सय ३५ लिटर बरामद गर्दैै नष्ट गरेको हो ।

हरितालिका तीजलाई मध्यनजर गर्दै प्रहरीले मदिराका कारण बजारमा हुन सक्ने अपराधिक गतिविधीहरुलाई नियन्त्रण गर्ने उद्देश्यका साथ मदिरा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक बमले बताए ।

सम्बन्धित समाचार