निर्मला ह१त्या प्रकरण : रवि लामिछानेसहित तीन जनाविरुद्धको उजुरी अदालतले दर्ता गरेन



काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने लगायत ३ जनाविरुद्ध दिएको उजुरी जिल्ला अदालत कञ्चनपुरले दर्ता गर्न मानेन । आज बसेको न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले उजुरी दर्ता नगर्ने निर्णय गरेको हो।

गत २०७५ भदौ ४ गते १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि ह१त्या अभियोगमा प्रहरीले सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्गबहादुर विष्टले रवि लामिछाने र डिएसपी अंगुर जिसीले अदालतको मानहानी गरेको भन्दै उजुरी दिएका थिए।

विष्टले अदालतमा दिएको उजुरी आफ्नो क्षेत्रअधिकारभित्र नपरेको भन्दै अस्वीकार भएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ ।
सञ्चारकर्मी रवि लामिछानेले सञ्चालन गरेको ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा उपस्थित भएका निलम्बित डिएसपी अंगुर जिसीले आफ्नो भाइलाई नै अभियुक्त भनेर बोलेको भन्दै दाजु विष्ट अदालत पुगेका थिए।

विष्टले सञ्चारकर्मी रवि लामिछाने, निलम्बित डिएसपी अंगुर जिसी र न्युज २४ विरुद्ध उजुरी दिएका थिए।

सम्बन्धित समाचार