बेवारिसे अवस्थामा भरूवा बन्दुक बरामद



विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका ५ मा रहेको नमूना सामुदायिक वनबाट बेवारिसे अवस्थामा ३ थान भरूवा बन्दुक बरामद भएको छ ।

प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी गस्ती टोलीले लोड अवस्थामा रहेको बन्दुक सोमबार विहान फेला पारेको प्रहरीले जनाएको छ । वन्यजन्तुको चोरी शिकारी गर्ने समूहले प्रहरीको गस्ती टोली देखेपछि छाडेर भागेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

सम्बन्धित समाचार