नदीमा नुहाउदा वेपत्ता भएका मध्ये एक बालिकाको शव फेला



कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउपालिका–६ वेलभरीया नजिकको नदीमा नुहाउदा वेपत्ता भएका मध्ये  एक बालिकाको शव फेला परेको छ।  सोमवार डुवेर बेपत्ता ३ जना मध्ये २ जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।

म‌ंगलवार बिहान बेचनप्रसाद कोहारका १५ वर्षीय छोरी तारा कोहारको शव फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। कमलेस कोहारका २५ वर्षीया पत्नि तारामति कोहार र घनश्याम रैदास की ८ वर्षीया छोरी खुस्वु रैदास अहिलेसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ।  उनिहरुको खोजि कार्य जारी रहेको छ। सोमबार दिउँसोदेखि नै प्रहरी परिचालन गरि खोजी कार्यलाई तिब्रता दिएपनि दक्ष पौडीबाजको अभावका कारण समस्या भएको हो।

उनिहरु मर्थिखोलाको सन्तघाटमा नुहाउन जादा सोमबार डुवेका थिए । खोलामा पसेका ५ जना मध्ये ३ जना डुवेका हुन्। घटनास्थलमा अहिले पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम परिचालन गरीएको  छ। खोलामा पानीको बहाब धेरै र वाढीका कारण धमिलो भएकोले डुवेकालाई खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको  छ।

सम्बन्धित समाचार