पत्रकार ओम हमाललाई सर्वोच्च अदालत परिसरबाटै समात्यो



काठमाडौं । बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएलगत्तै पत्रकार ओम हमाललाई प्रहरीले सर्वोच्च अदालत परिसरबाटै मंगलबार अपरान्ह पक्राउ गरेको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीका अनुसार हमाललाई सर्वोच्चको गेट बाहिरबाट प्रहरीले पुन: पक्राउ गरेको हो। हमाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिहा गर्न आदेश दिएको थियो।

जैसीले सर्वोच्चको आदेश लत्याएर प्रहरीले हमाललाई प्रकाउ गरेकोमा आपत्ति जनाएका छन्।  यसअघि गत भदौ ६ गते पक्राउ परेका पत्रकार हमाललाई सर्वोच्चको आदेशमा उपस्थित गराइएको थियो।  सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसले पत्रकार हमाललाई पक्राउ गर्नुको कारणसहित ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो।

सम्बन्धित समाचार