मलेसियामा सुुपरभाइजरको हत्याको अभियोगमा दुई नेपाली प्रक्राउ



काठमाण्डौ । मलेसियामा सुुपरभाइजरको हत्याको अभियोगमा दुई नेपाली प्रक्राउ परेका छन् । प्रक्राउ पर्ने दुवै जना सेक्युरिटी गार्डका रुपमा कार्यरत नेपाली रहेको मलेसियन प्रहरीले जनाएको छ ।

जलानमा रहेको एक अपार्टमेन्टमा सुपरभाइजर ५४ वर्षीय ली पोह मेङ को शव कर्मचारीको शौचालयभित्र थुनिएको अवस्थामा फेला पारेको थियो ।

दुई नेपाली भने घटना भएको अपार्टमेन्टबाटै पक्राउ परेका हुन । अर्का भारतीय नागरिकको भने खोजी भइरहेको छ । दुई नेपालीसहित ३ जना सेक्युरिटी गार्डले सुपरभाइजरलाई हेल्मेटले पटक पटक कुटेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

‘तलब नदिएको भन्दै सुपरभाइजरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ मलेसियन प्रहरीको भनाइलाई उद्धृत गर्दै ‘द स्टार’ले लेखेको छ ।

पक्राउ परेका नेपाली कामदारले आफ्नो नाम ‘डन’ बताए पनि वास्तविक नाम र नेपालको ठेगाना भने खुलाइएको छैन ।

सम्बन्धित समाचार