२ वर्षको बच्चासहित एक महिला सम्पर्कविहीन



बैतडी ।  बैतडीको शिवनाथ गाउँपालिकाकी एक महिला २ वर्षको बच्चासहित १ हप्तादेखि सम्पर्कविहीन भएकी छन्। शिवनाथ गाउँपालिका-२ खालका शुक्र सिंह साउदकी २९ वर्षीया श्रीमती सुनकेसरी साउद सम्पर्कविहीन अवस्थामा रहेकी ‍हुन्। सुनकेसरी यही साउन १२ गते बिहान ६ बजे घरबाटै एक्कासी सम्पर्कविहीन भएकी हुन्। सम्पर्कविहीन भएकी महिलाको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको सम्पर्कविहीन महिलाका भान्जा सम्भु सिंह विष्टले बताए। श्रीमतीसँग कुनै किसिमको झगडा नभएको श्रीमान शुक्र सिंह साँउदले बताए।  छिमेकी, आफन्त र माइतीमा पनि खबर भइसकेको तर सुनकेसरीका बारेमा कुनै जानकारी नपाइको उनको भनाइ छ। शुक्र र सम्पर्कविहीन महिला सुनकेसरीको विस २०७१ मा मागी विवाह भएको थियो।  यता, प्रहरीले सम्पर्कविहीन महिलाको खोजी कार्यजारी रहेको जनाएको छ। स्थानीय प्रहरी चौकी र सीमा प्रहरी चौकीमा हुलियासहित खबर गरी खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए।

सम्बन्धित समाचार