जंगली हात्ती वजार छिरेपछि स्थानियवासीमा त्रास



पथरी ।  मोरङ्गको पथरीशनिश्चरे क्षेत्रमा जंगली हात्ती वजार छिरेपछि यहाका स्थानियवासीमा त्रास छाएको छ ।

सोमबार राती मात्रै हुलवाधिएका हात्ती पथरीशनिश्चरे १० जिरीखिम्ती हुदै पथरी वजार उत्तरवाट हिडेपछि स्थानियवासीमा त्रास फैलिएको हो । ‘जंगली हात्ती वजार पस्ने हुन कि भन्ने त्रास फैलियो’ वडा नम्वर १० का वडा अध्यक्ष सागर राईले भने ‘यसको नियन्त्रणका लागी पहल गर्न हामीले प्रयास थालेका छौ ।’

जंगली हात्तीले गत वर्ष मात्रै जिरिखीम्तीमा २ घर भत्काएका थिए भने किसानको अन्नपात नष्ट गरेको थियो । एक महिना अघि मात्रै पथरीशनिश्चरे २ मा हात्ती गाँउ पस्दा स्थानियवासीको घरमा क्षती पु¥याएको थियो । बर्षेनी जंगली हात्तीको त्रास व्योहोर्नु पर्ने भन्दै यसको दिगो सामधानका लागी प्रयास हुनु पर्ने स्थानियवासीको माग रहेको छ । पुर्व पश्चिम राजमार्ग संंगै जोडीएको पथरीवजारमा पनि हात्ती देखीनुमा वन जंगलको तिव्र फडानीपनि हुन सक्ने स्थानियवासीहरु बताउँछन् ।

सम्बन्धित समाचार