१७ जना ट्राफिक प्रहरीमा पनि डेंगुको संक्रमण



पोखरा । पोखरामा डेंगुको संक्रमण नियन्त्रण भन्दा बाहिर छ। कास्कीसहित देशका ४० वटा भन्दा धेरै जिल्लामा डेंगुको संक्रमण फैलिएको छ। पोखरामा डेंंगु फैलाउन सक्रिय लामखुट्टे एजिप्ट एजिप्टआईको दुबै प्रजाती सक्रिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेशप्रसाद अधिकारीले जानकारी दिए।  ‘डेंगु सार्ने एडिस एजिप्टआई लामखुट्टे पोखरामा सक्रिय छ ।

यसको नेपाली नामाकरण टाइगर मस्क्यूटो राखिएको छ,’ उनले भने, ‘यो लामखुट्टे अरु भन्दा फरक छ। यो लामखुट्टेले बाघले जसरी नै एक्कासी आएर टोक्ने, एउटालाई टोकेपछि अर्काे, अर्काेलाई टोक्दै जाने गर्छ। अरु लामखुट्टेहरु एकपटक टोकेर रगत चुसेपछि अरुलाई टोक्दै हिँड्दैन।’ डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो।   गण्डकी प्रदेशको ११ जिल्ला मध्ये मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा यसको संक्रमण रहेको आशंका गरिएको छ।

गण्डकी प्रदेशको कास्की, स्याङ्जा, नवरपरासीमा यसको संक्रमण भएका विरामी भेटिइसकेका छन्। कास्की सबैभन्दा जोखिममा छ।  कास्कीमा डेंगुको संक्रम हुनेहरुको संख्या ५०० पुगिसकेको छ।  कास्कीका १७ जना ट्राफिक प्रहरीलाई यसको संक्रमण भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरु उपचाररत छन्। पोखरा महानगरका ८ र ९ वडा उच्च जोखिममा छन्। अन्य वडाहरूमा पनि यसको संक्रमण भएको  भेटिएका छन्।

सम्बन्धित समाचार