प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस खाएर भागेको आरोप लागेका पूर्व सांसद कार्की पक्राउ



काठमाडौं । पूर्व सांसद डीबी कार्की पक्राउ परेका छन् । प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस खाएर भागेको आरोप लागेका उनलाई बिहीबार बिहान काठमाडौंको कलंकी आसपास क्षेत्रबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । उनी नौ वर्ष पहिले घुससहित पक्राउ परेका थिए ।

लमजुङबाट तत्कालिन नेकपा एमालेका समानुपातिक सांसद कार्कीलाई सर्वोच्च अदालतले गत असारमा दोषी ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले असार १७ गते मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको थियो ।

सम्बन्धित समाचार