कार्यालय सार्ने विषयमा भएको विवादले उग्र रुप लिँदा भएको झडपमा परि एक स्थानीयको ज्यान गयो



काठमाडौँ । नगरपालिका प्रमुख र उपप्रमुख बीचको लफडाले एक स्थानीयको ज्यान गएको छ । धनुषाको हंशपुर नगरपालिका कार्यालय सार्ने विषयमा भएको विवादले उग्र रुप लिँदा भएको झडपमा परि सोहि नगरपालिका-२ का ५५ तपेश्वर मण्डलले ज्यान गुमाएका हुन् ।

हाल हंशपुर नगरपालिकाको कार्यालय वडा नम्बर २ बघचौडामा रहेकोमा नगरपालिका प्रमुख रामज्ञान मण्डलले वडा नम्बर ३ मा पर्ने आफ्नै घरनजिक सार्न खोजेपछि उपप्रमुख रेणु झाले अवरोध गर्दा २ समूहबीच विवाद भएको र सोहि क्रममा हातपात हुँदा गम्भीर घाइते भएका मण्डलको करिब १ महिनापछि जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको हो ।

नगरपालिका कार्यालय सार्ने विषयमा भएको विवादले उग्र रुप लिएपछि प्रहरीले लाठीचार्ज गर्दा उपप्रमुख झासहित ६ जना घाइते भएकोमा मण्डलको अवस्था नाजुक थियो ।

सम्बन्धित समाचार