लुकाई छिपाई ल्याएको ४ सय ८२ ग्राम सुन सहित सन्तोस कुमार नेपाली पक्राउ



काठमाडौ । अवैध रुपमा लुकाई छिपाई ल्याएको ४ सय ८२ ग्राम सुन सहित सन्तोस कुमार नेपाली पक्राउ परेका छन ।
राहदानी नम्बर ०८३८१५३९ वाहक नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयर लाइन्सको उडानद्वारा कतारबाट काठमाडौ आएका नेपालीलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र भन्सार कार्यालयको संयुक्त टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो ।

साथै उक्त सुन संकलन गर्न आएका सुजन बहादुर घले समेतलाई प्रहरीले पक्राउ गरेको छ । दुवैजनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यलयले जनाएको छ ।

सम्बन्धित समाचार