झापाका खुला सीमा नाकामा तस्करी बढ्यो



भद्रपुर । चाडपर्व नजिकिएसँगै झापाका खुला सीमा नाकामा तस्करी बढ्यो। विशेषगरी भारतबाट नेपाल भित्र्याइने लत्ताकपडाका पोकाहरू तस्कर समूह भन्सार छलेर भित्र्याइरहेका छन्।

लत्ताकपडाको भन्सार मूल्यांकन बढी हुँदा तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरी लत्ताकपडा भित्र्याउन अहिले सीमा नाकामा सलबलाइरहेका छन्। दशैंलाई मध्यनजर गरी झापालगायत पूर्वका बजारमा लत्ताकपडाको माग उच्च रहेको छ। झापासहित पूर्वका व्यापारीहरू सीमा क्षेत्रका कारोबारी  समातेर लत्ताकपडा भित्र्याउँछन्।

व्यापारीले एक पोका कपडाबराबर १५ देखि २० प्रतिशत क्यारिङ खर्च कारोबारीलाई दिने गरेको व्यापारी स्रोतको दाबी छ। त्यही प्रतिशतमा कारोबारीले व्यापारीको पसल र गोदामसम्म पुर्‍याउने गर्दै आइरहेको छ। त्यही १५ देखि २० प्रतिशतको लोभमा कारोबारीले भन्सार छाडेर तस्करी बाटो रोज्ने गरेका छन्।

सम्बन्धित समाचार