बलिकालाई जवरजस्ती करणी गर्ने पक्राउ



संखुवासभा । बालिकालाई जवरजस्ती करणी गर्ने वर्ष २२ को अर्जुन राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको छ । गत भदौ १५ गते ११ वर्षे वालिकालाई राईले जवरजस्ती करणी गरेका थिए ।

राईलाई बुधबार पक्राउ परेपछि जिल्ला अदालत चैनपुरबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाल पिडित बालिकाको जिल्ला अस्पताल खाँदवारी संखुवासभामा उपचार भइरहेको प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

Watch Makalu Online TV

सम्बन्धित समाचार