हत्या आरोपितलाई हेलिकोप्टरबाट आरुघाट



गोरखा । हत्या आरोपमा पक्राउ परेका उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ का ३८ बर्षका निमा दोर्जे लामालाई हेलिकप्टरमार्फत जिल्ला प्रहरी कार्यालय गोरखा ल्याइएको छ ।

मंगलबार उनले कुटपिट गर्दा सोही ठाउँका ६८ बर्षका तेन्जेन दोर्जो लामाको मृत्यु भएको आरोप लागेपछि अनुसन्धानका लागि प्रहरीले हेलिकप्टरबाट ल्याएको हो ।

गुम्बा निर्माणको जिम्मा लिएको आफूलाई बारम्बार वालुवा चोरेको आरोप लगाएपछि तेन्जेनलाई कुटपिट गरेको निमाले स्वीकार गरेका जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । ‘वालुवा चोर भनेपछि मंगलबार दिउँसो एक बजे निमाले तेन्जेनलाई कुटेछन्, करिव चार बजेतिर त्यही बाटो फर्कदै गर्दा दुई जनाको भेटमा फेरि वालुवा चोर भनेपछि निमाले पुन तेन्जेनलाई कुटेका रहेछन्,’ उनले भने ।

कुटिएका तेन्जेनको त्यही साँझ मृत्यु भएको उनको भनाइ छ । भौगोलिक बिकटताका कारण शव र हत्या आरोपितलाई वुधवार हेलिकोप्टरबाट आरुघाट ल्याइएको उनले जानकारी दिए ।

‘पोष्टमार्टमका लागि शव यहाँ ल्याउन पैदल बाटोको प्रयोग गरेको भए सात दिन लाग्ने रहेछ,’ एसपी अधिकारीले भने, ‘त्यही भएर हेलिकोप्टरमा शव र हत्या आरोपित दुवैलाई लिएर आएका हौ ।’

मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको एसपी अधिकारीले बताए । हत्या आरोपित निमालाई जिल्ला प्रहरी कार्यालय ल्याएर ज्यान मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..