दश बर्षिया बालिकाले पंखामा झुण्डिएर आत्महत्या गरे रहस्य यस्तो छ



इटहरी । इटहरी २० तरहराकी दश बर्षिया बालिकाले आत्महत्या गरेकी छन् । मगंलबार आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन । घरको पंखामा झुण्डिएको अवस्थामा आमा लक्ष्मी परियारले देखे पछि आफैले अस्पताल लगेको प्रहरीले जनाएको छ । मन्दिरा परियारले आमाले दैनिक मादक पदार्थ खाएर कराएको कारण आत्महत्या गरेकाे या मृतककी आमा लक्ष्मी परियारले दैनिक छोरीलाई गाली गर्ने गरेको छिमेकीहरुले बताएका छन् ।

तरहरामा स्थित जनसहयोग उच्च माविमा कक्षा ३ मा पढ्दै आएकी मन्दिराले आत्माहत्या गर्नुको कारण आफ्नै आमा भएको हुन सक्ने छिमेकीहरुले बताएका छन । घट्ना गम्भिर भएको भन्दै मृतक मन्दिराको आफन्तहरुले समेत अनुसन्धान गर्नु पर्ने बताएका छन । आमा लक्ष्मीले बारम्बार गाली गर्ने गरेको स्थानीय छिमेकीहरुले बताएका छन । लक्ष्मीको श्रीमान सन्तोष वैदेशिक रोजगारको क्रममा भएको कारण उनको हेरचाह समेत राम्ररी हुन नसकेको छिमेकीहरुले बताएका छन ।

आमा जहिल्यै मातेर हिड्ने गर्थिन घट्ना गम्भिर हुदै गयो केहिले मारेको हो भन्दै छन एक छिमेकीले नाम नबताउँने सर्तमा भने । आमा लक्ष्मीले हतार हत्तार धरान अस्पताल लगेको भए पनि गाउँलेहरुले भने घरमा झुण्डिएको डोरी मात्र देखेका थिए । प्रहरीले भने पोष्टमार्टम पछि अनुसन्धान सुरु गर्ने जनाएको छ ।

सम्बन्धित समाचार