भोजपुर हात्तीगौडाका गोपाल विष्ट मृत फेला



भोजपुर । भोजपुरको आमचोक गाउँपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नम्वर- २ हात्तीगौडाका ५५ वर्षीय गोपाल विष्ट मृत फेला परेका हुन । भाद्र १८ गते घरबाट हिडेका विष्ट १९ गते घर नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्स्पेक्टर पान्डप कुमार राजवंसीले बताए । विष्टको मानसिक सन्तुलन समेत ठिक नभएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा प्रहरी टोली पुगी आवश्यक प्रक्रिया पुरागरी सवलाई पोष्ट माटमका लागि भोजपुर पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार