खोटाङमा धारिलो हतियार प्रहारबाट एक जना महिलाकाे मृत्यु



खोटाङ । खोटाङमा धारिलो हतियार प्रहारबाट एक जना महिलाकाे मृत्यु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका-२ साकेला थान की ३६ बर्षीया देविका राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको हाे । बिहिवार राती साँढे ७ बजे घरायशी बिबाद हुँदा मृतककै श्रीमान सिताराम राईले धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरेका थिए ।

गम्भीर घाईते भएकी राईको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा राती साँढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार