धारिलो हतियार प्रयोग गरी एक व्यक्तिलाई घाइते बनाएर फरार पक्राउ



धरान।  धारिलो हतियार प्रयोग गरी फरार भएका धरान ५ का गब्बरे भनिने दिपन लिम्बूलाई प्रहरीले आज पक्राउ गरेको छ ।

लिम्बूलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय धरानले आजै जिल्ला अदालत सुनसरीमा पेश गरेको जनाएको छ । उनले गत जेठ २९ गते राती साँढे ६ बजे धारिलो हतियार प्रयोग गरी एक व्यक्तिलाई घाइते बनाएको अभियोग लागेको थियाो ।

प्रहरीका अनुसार धरान १५ का १५ बर्षीय दिपक लिम्बुलाई धारिलो हतियार प्रहार भएको थियो । दिपकको बाँया हातमा चोट लागेर उनी गम्भीर घाइते भएका थिए । घटनाका मुख्य आरोपि दिपन फरार थिए भने उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

सम्बन्धित समाचार