समाजमा पिडकले खुल्ला रुपमा आश्रय पाइरहेको र पिडीत झन पिडीत हुदै



तेह्रथुम  । नेपाली समाजमा पिडकले आश्रय पाइरहेको र पिडीत झन पिडीत भइरहेको प्रमुुख जिल्ला अधिकारी चन्द्रकला ओलीले एक कार्यक्रममा बताउनुभएको छ । मानव बेचविखन तथा ओसार पोसार विरुद्धको १३ औँ राष्ट्रिय दिवसको साप्ताहव्यापी कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाली समाजका चेलीबेटि, बालबालिका तथा महिलाहरु बाहीरी देशमा कामको प्रलोभनमा परि बेचिएको बताउदैँ उहाँले पिडकहरु खुल्ला रुपमा समाजमै हिडीरहेको र पिडीत झन पिडीत भइरहेको बताउनुभयो ।

सरकारको प्रतिबद्धता, मानब बेचबिखन तथा ओसार पोसार नियन्त्रणमा हामी सबैको ऐक्यीबद्धता भन्ने मुल नाराका साथ यस वर्षको मानव बेचविखन तथा ओसार पोसार विरुद्धको दिवस सम्पन्न भएको छ । यसै अवसरमा जिल्ला प्रहरी कार्यलय तेह्रथुमको आयोजनामा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको प्रहरी नायव उपरिक्षक नविन किशोर प्रधानले बताउनुभयो ।

भाद्र १४ गतेबाट सुरु भएको दिवसमा पहिलो दिन बसपार्कबाट ¥यालीले बजार परिक्रमा गरी जिल्ला समन्वय समितीको सभाहलमा सरोकारवालहरु संग अन्तरक्रिया कार्यक्रम भएको थियो ।

दोस्रो दिन भाद्र १५ गते म्याङलुङ्ग नगरपालीका वडा नं १ को सभाहलमा, भाद्र १६ गते मेन्छ्यायम गाउपालीकामा, भाद्र १७ गने म्याङलुङ्ग बहुमुखी क्याम्पसमा, भाद्र १८ गते लालिगुरास नगरपालीकाको बसन्त मावीमा, भाद्र १९ गते आठराई गाउपालीकाको उद्योग बाणिज्य संघमा जनचेतनामुलब कार्यक्रम गरीएको डिएसपि प्रधानले जानकारी दिनुभयो ।

समापन कार्यक्रममा उहाँले मानव बेचविखन तथा ओसार पसार विरुद्धको दिवस मात्र मनाएर भनई समाजमा जनचेतनामुलब कार्यत्रलम गर्नु पनि आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओली, पुर्व जिविस सभापती किशोर चन्द्र दुलाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष नरेश ढुंगाना, महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष टंकमाया लिम्बु, सामुदायीक सेवा केन्द्रका डिल्ली रेग्मीले मन्तव्य राख्नुभएको थियो । समापन कार्यक्रम प्रहरी नायव उपरिक्षक नविन किशोर प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार