पत्रकार हमाल पक्राउबारे कारणसहित पेश गर्न सरकारलाई आदेश



काठमाण्डौ ।  सर्वोच्च अदालतले जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सरकारलाई आदेश दिएको छ ।

उहाँकी श्रीमती मोनिका गुरुङले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै  न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले पत्रकार हमाललाई सोमबार पक्राउ गर्नुको कारणसहित अदालतमा पेश गर्न आदेश दिएको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य समेत रहेका हमालको गिरफ्तारी गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीले सर्वोच्च अदालतको गेटबाटै फेरि पक्राउ गरेपछि श्रीमतीले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गर्नुभएको हो ।

हमाललाई भदौ ६ गते कास्कीको सिसुवाबाट प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार