संविधानले दिएको अधिकारमाथि स्थानीय सरकारको असन्तुष्टी व्यवस्था कायम सरकारलाई अनुरोध



धरान । विभिन्न ११ बुँदे धरान घोषणापत्र जारी गर्दै नेपाल नगरपालिका संघ १ नम्बर प्रदेशको दोस्रो सम्मेलन तथा प्रथम प्रदेश महाधिवेश शनिबार धरानमा सम्पन्न भएको छ ।

सम्मेलनले तीन तहबीच समन्वय, सहकार्य र सहकारिताको आधारबाट अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै शिक्षा क्षेत्रमा संविधान अनुरुप स्थानीय तहलाई सवल र सक्षम बनाउन संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव पारित गरेको छ । संविधानको अनुसुची ८ अनुसार माध्यमिक शिक्षा स्थानीय तहलाई सञ्चालनको जिम्मेवारी प्रदान गरिए पनि स्थानीयतहले सो अनुरुप अधिकार प्रयोग गर्न पाएको छैन ।

संविधानको व्यवस्था अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि शिक्षा सम्बन्धी स्थानीयतहलाई अधिकार दिइएको छ । तर, संघीय सरकारले शिक्षा ऐन २०४८ हालसम्म कायम रहेको भन्दै स्थानीयतहलाई अधिकार हस्तान्तरण नगरी जिल्ला शिक्षा समन्वय समितिको नाममा कार्यालय स्थापना गरेको छ । यसले विद्यालयमा द्धैत शासनको अवस्था सृर्जना भएको भन्दै नगरपालिका संघले असन्तुष्टी व्यक्त गरेको छ ।

यस्तै, समानान्तर प्रकृतिका विभिन्न ६ कार्यालयहरु स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था अनुसार ६ महिनाभित्र खारेज गरी स्थानीय तहलाई अधिकार र सम्पत्ति हस्तान्तरण गर्नुपर्ने भएपनि कृर्षि, भेटनरी जस्ता नाम परिवर्तन गरी समान प्रकृतिको काम गरिरहेकोप्रति पनि सम्मेलनले असन्तुष्टी प्रकट गरेको छ । ती कार्यालयहरुलाई प्रदेश सरकारलेसमेत आफ्नो पहुँचमा पार्ने कार्य गरिरहेको भन्दै सम्मेलनले यसले संघीयताको मर्मलाई चोट पुर्याएको ठहर गर्दै संवैधानिक व्यवस्था कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..