भारतबाट नेपाल ल्याईदै गरेको माछा बरामद



मोरङ । अवैध रुपमा भारतबाट नेपाल ल्याईदै गरेको माछा प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपाल ल्याउँदै गरेको दुई सय किलो अवैध माछा बरामद गरी प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको हो ।

भन्सार छलेर अवैध रुपमा नेपालतर्फ ल्याएकाले बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । यसैबीच यसअघि प्रहरीले मोरङको बेलबारी र जमुवाडिपबाट ३४० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको थियो ।

सम्बन्धित समाचार