हतियार देखाएर लुटपाट गर्ने योजनामाभगौडा सैनिक र सशस्त्र प्रहरी संलग्न



काठमाडौं ।  राजधानीका होटलमा हतियार देखाएर लुटपाट गर्ने योजनामा संलग्न गिरोहमा भगौडा सैनिक र सशस्त्र प्रहरी संलग्न भएको पाइएको छ। गोगंबुको मुस्ताङ होटलमा पेस्तोल देखाएर लुटपाट गर्न लागेका ८ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानबाट राजधानीका विभिन्न होटलमा हतियार देखाएर लुटपाट गर्ने धन्दामा उनीहरु सक्रिय भएको खुलासा भएको छ। रसुवाबाट सुन लुट्ने योजनापनि उनीहरुको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हतियारसहित बसेको सूचनाका आधारमा छापा मार्दा उनीहरुको साथबाट २ थान पेस्तोल, २ थान म्यागजिन र ४ राउण्ड गोली लगायतका सामान फेला परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

 पक्राउ पर्नेमा एउटै डान्सबारका तीन जना संचालक छन्। भगौडा सैनिकसमेत रहेका गोरखाका कुशल अधिकारी, नुवाकोटका रामबहादुर तामाङ,नुवाकोटकै धर्मराज तामाङ छन्।  उनीहरु गोगंबु हाई रेस्टुरेन्ट एण्ड डान्सबारका संचालक हुन्।

पक्राउ पर्नेहरुमा गुल्मी घर भइ हलचौर बस्ने बहालवाला सशस्त्र प्रहरी जवान युवराज भण्डारी, नुवाकोटका राजन तामाङ, नुवाकोटका पिटर तामाङ, धादिङका विजय तामाङ र रसुवाका योर्साङ घलेसमेत रहेका छन्।

प्रहरीले घटनाको विस्तृत विवरण दिउँसो २ बजे पत्रकार सम्मेलनमा दिने भएको छ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..