वाइडबडी विमानमा आर्थिक चलखेल सिमितिको ठोकुवा



काठमाण्डौ । नेपाल वायु सेवा निगमले गएको वर्ष खरिद गरेका २ वटा वाइडबडी विमानमा आर्थिक चलखेल भएको अन्तर्राष्ट्रिय सम्बन्ध सिमितिले ठोकुवा गरेको छ ।

वाइडबडी जहाज खरिदमा भएको भनिएको अनियमितता बारे अध्ययन गर्न बनेको  उपसमितिले बनाएको उपसमितिको प्रतिवेदनमा जहाज खरिद प्रक्रियादेखि नै अनियमितता भएको र  नेपाल वायुसेवा निगमले जहाज निर्माता एअरबस कम्पनीलाई कति पैसा भुक्तानी गर्‍यो भन्ने नै नखुलेको उल्लेख छ ।

यस्तै मूल्यवृद्धि भयो भनेर जहाजको भाउ बढाइएको तर कति मूल्यवृद्धि भएको हो र यसका सामान्य सिद्दान्त पनि पालना नभएको उपसमितिको निष्कर्ष छ । उपसमितिको प्रतिवेदन अनुसार समितिले मूल्यवृद्धिको कारण धेरै रकम तिर्नुपरेको नेपाल वायुसेवा निगमको दाबी पुष्टी गर्ने आधार प्रमाण नदेखिएकाले त्यो रकम फिर्ता गर्न पनि निर्देशन दिएको छ ।

यस्तै २ सय ४२ टनको उडान भार क्षमताको जहाज किन्ने सम्झौता भए पनि निगमले जम्मा २ सय ३० टन उडान भार भएको निगम ल्याएको र १२ टन अन्तरको रकम फिर्ता गराउन पहल गर्न पनि सरकारलाई अनुरोध गर्ने प्रतिवेदनको निष्कर्षमा उल्लेख छ ।

एजेन्टले पैसा दिन नमानेमा कुटनितिक पहल गर्न पनि समितिले निर्देशन दिएको छ । यस्तै निगमको वाइडबडीमा २४ अर्ब रुपैँयाको हाराहारीमा लगानी गरेका नागरिक लगानी कोष र सञ्चयकोषले पनि विना अध्ययन र रकम फिर्ताको ग्यारेन्टी नभइ लगानी गरेको उपसमितिको निष्कर्ष छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..