कम्मर मुनिको भागमा किरा परेर बेबारिसे बिरामीको मृत्यु



इटहरी । शनिवार दिउँसो १ बजे धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब ४० वर्षको ज्युँदो युवा शरीर देखियो । कम्मर मुनिको हरिया ठुला झिगा र स्याउ स्याउति परेका किरा थियो । बाहिरबाट हरियाली र विशाल देखिने एसियामै नाम चलेको अस्पतालको इमर्जेन्सी ब्लक पुरै दुर्गन्धित थियो। विगत १५ दिन देखि मृत्यु पर्खिरहेको एउटा बेवारिसे शरीर थियो । शनिवार १ बजे सम्म चलढल नगर्ने तर नजिकै बाट सास फेर्दा शरीर अलेली हल्लिन्थ्यो। किराले खादै गरेको दृश्य बेलाबेला अस्पतालका आएकाहरु आउने गर्थे ।

पुन खुट्टा भाच्चीएर चटपटाउ नसक्ने नारायणलाइ पुन अस्पतालमा बेवारिसे भए । डाक्टर देवराज घिमिरेले आफ्नो पहलमा नारायणको खुट्टाको अपरेसन गराइदिए । प्रतिष्ठानको इमर्जेन्सी वार्डको ड्युटीमा रहेका प्रहरी जवान मणिकुमार गिरी अधिकांश बेवारिसे बिरामीहरू उपचार र हेरचाह नभएर अकालमा मर्ने गरेको बताउँछन् । ’ सामाजिक सङ्घसंस्था मान्छेहरूले ल्याएर छाड्ने गर्छन् गिरि भन्छन् ’ छाडेर गएपछि हेर्न आउने त्यति हुँदैन, अस्पतालले प्रशासनले नि हेर्दैन लास्टमा मर्छन् ।

नारायण सँगै अर्का एक बेवारिसे बिरामीको पनि इमरजेन्सी कक्षमै उपचार भइरहेको । केही बोल्न र चटपटाउन समेत नसक्ने उनी मृत्यु कुरेर बसीरहेकाछन् । छाला भित्र हड्डी मात्र देखीने उनले सामान्य स्लाईन पानी बाहेक अन्य औषधि पाउन सकेका छैनन् ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..