संखुवासभा लोकसेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको उपचारकै क्रममा निधन



संखुवासभा । लोकसेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको निधन भएको छ। संखुवासभाको खाँदबारी नगरपालिका ४ पाङ्मामा  विक्रम संवत १९९३ सालमा जन्मिएका राईको ८४ वर्षको उमेरमा सोमबार निधन भएको हो। लोकसेवा आयोगका पूर्व अध्यक्ष राईको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

राईको श्रद्धाञ्जलिका लागि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया, गृह सचिव प्रेमकुमार राई र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम पशुपति आर्यघाट पुगेको परिवार स्रोतले जनाएको छ।   लोक सेवा आयोगका पूर्वअध्यक्ष राई २०१७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०२६ सालमा पाँचथरको प्रमुख जिल्ला अधिकारी भएका राई २०४१ सालमा नेपाल सरकारको सचिव भएका थिए।

कर्तव्यनिष्ठ र शान्त प्रशासकका रुपमा चिनीएका राई केही बर्ष यता अल्जाइमर्सबाट ग्रस्त थिए । संखुवासभामा जन्मिएका राई २०४८ सालमा लोक सेवा अयोगको सदस्य हुँदै २०५१ सालमा अध्यक्ष बनेका थिए। दिवङ्गत लोक सेवा आयोगका पूर्वअध्यक्ष राईको श्रीमती र दुई छोरी छन्।

थाहा खवरबाट

सम्बन्धित समाचार