युवाले भेरीमा हाम फालेर ज्यान गुमाए कारण यस्तो



डोल्पा । डोल्पाका एक युवाले भेरीमा हाम फालेर ज्यान गुमाएका छन्। त्रिपुरासुन्दरी नगरपालिका- ७ का २७ वर्षीय  बल रोकायाले करवगाड खोला नजिकै भेरीमा हाम फालेका हुन्। 

नेपालगञ्जबाट उपचार गरेर घर आउँदै गरेका रोकायाले एक्कासी भेरीमा हाम फालेर ज्यान गुमाएको प्रहरीले जनाएको छ। त्रिपुराकोट बगरमा स्थानीय व्यापारीसँग केही दिनअघि झगडा हुँदा घाइते भएका थापा उपचार गर्न नेपालगञ्ज गएका थिए। उपचार गरी घर आउँदै गर्दा उनले भेरीमा हाम फालेका हुन्।

केहि दिन पहिला त्रिपूराकोट बगरको बजारमा पसल गर्दै आएका पन्थी थरका व्यापारीसँग झगडा हुँदा टाउकोमा चोट लागेको थियो। रोकाया आइतबार बिहान त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने करवगाड खोलामा हाम फालेका थिए।प्रहरीका अनुसार उपचार गरेर आफ्नै दाजुसँग घर आउँदै गरेका रोकाया गाडीबाट झरेर दौडेर गई खोलामा हाम फालेका थिए ।

खोलामा हाम फालेका रोकाया आजसम्म फेला नपरेको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए। रञ्जितकारका अनुसार प्रहरीले बेपत्ता युवकको खोजी आफन्त र स्थानीयको सक्रियतामा गरिरहेको बताएको छ। प्रहरीले उनको मानसिक सन्तुलनमा समस्या भएको हुनसक्ने दावी गरेको छ।

तर यता आफन्तले भने दोषीमाथि कारवाही हुनुपर्ने भन्दै त्रिपूराकोट प्रहरी चौकी घेराउ गरेका थिए। अनुसन्धानका लागि प्रहरीले पन्थी थरका दाजुभाइलाई नियन्त्रणमा राखेको छ।

सम्बन्धित समाचार